जेठ ९, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने भन्दै ओलीलाई पद छोड्न दबाब दिएका छन् ।

उनले कुनै पनि बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘ यतिवेला नेकपा (एमाले) आत्मसमीक्षा र पुनर्गठन को बाटो बाट मात्र अगाडि बढ्न सक्छ ! जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो ।’
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि पाँच मध्ये चार उपाध्याक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा उपाध्यक्ष राम बहादुर थापा बादलले मात्र ओलीको बचाउ गरेका थिए ।