• २०८३ जेष्ठ २१ गते बिहिवार

कपिलवस्तु काँग्रेसका युवा नेता आशिष शर्माको स्वतन्त्र उम्मेदवारी, चुनाव चिन्ह जीप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, कपिलवस्तु । कपिलवस्तु-१ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता आशिष शर्माले चुनाव चिह्न जीप पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जिप चुनाव चिह्न पाएका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु-१ मा १५ जना स्वतन्त्रसहित कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

कपिलवस्तु- १ मा नेपाली काँग्रेसबाट उम्मेदवारमा सिफारिस भएपनि पार्टीले अहतर कमाललाई टिकट दिएपछि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।यस क्षेत्रमा एमालेबाट बिश्राम चौधरी, नेकपाबाट कृष्ण कुँवर, रास्वपाबाट मोहन आचार्य र राप्रपाबाट शत्रुघन प्रसाद चौधरी उम्मेदवार रहेका छन् ।

गत निर्वाचनमा यस क्षेत्रबाट एमालेका बलराम अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । तत्कालिन माओवादी केन्द्रका चक्रपाणी खनालले १८ हजार ९८३ मत प्राप्त गर्दै दोस्रो भएका थिए । कपिलवस्तु-१ मा यस पटक १७९ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख ४७ हजार ६५९ रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस