• २०८३ बैशाख २४ गते बिहिवार

उम्मेदवारी फिर्ता लिन आशिका तामाङको निर्वाचन कार्यालयमा इमेल र फोन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने बताएकी छन् ।

शुक्रबार आशिकाले निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आशिकाले इमेल र फोन गरेपनि आफुहरुले कार्यालयमा उपस्थित हुन आग्रह गरेको कार्यालयले जानकारी दिएको छ ।

आशिका अहिले छलफलमा रहेको र उम्मेदवारी फिर्ता लिन कार्यालय जाने तयारीमा रहेको बताइएको छ । उनले के कारणले उम्मेदवारी फिर्ता लिन चाहेकी हुन् भन्ने बारेमा भने स्पष्ट भएको छैन । यसअघि उनी विरुद्ध परेको उजुरी भने आयोगले खारेज गर्दै उम्मेदवारी कायम गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस