• २०८३ मङ्सिर ८ गते सोमवार

मनाङमा एमाले र राप्रपाको उम्मेदवारी फिर्ता, काँग्रेसलाई समर्थन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९,  मनाङ । मनाङमा नेकपा एमाले र राप्रपाले काँग्रेसका उम्मेदवार पूर्वमन्त्री टेक बहादुर गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार पोल्देन छेपाङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

२०७९ को निर्वाचनमा पनि काँग्रेसका गुरुङ विजयी भएका थिए । उनले एमालेका पोल्देन छेपाङलाई पराजित गरेका थिए । मनाङमा रास्वपाले समयमा पुग्न नसकेर मनोनयन दर्ता गर्न सकेको थिएन भने नेकपाबाट यशोदा सुवेदी गुरुङ उम्मेदवार बनेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस