कात्तिक ५, बीरगञ्ज । असोज महिनामा दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन् । जसमा परी २ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि भएको कारबाहीबाट १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको विवरण अनुसार दुर्घटनामा संलग्न सवारी साधनको संख्या ६१ रहेको उल्लेख छ । दुर्घटनाका कारण विश्लेषण गर्दा चालकको लापरबाहीका कारण १५ वटा दुर्घटना भएको र अन्य कारणबाट २५ वटा दुर्घटना भएको देखाइएको छ । यसरी कुल ४० दुर्घटनामध्ये चालकको कारणले भएका दुर्घटनाको संख्या उल्लेख्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सवारी दुर्घटनामा २ जनाको मृत्यु र ३९ जना घाइते भएको बताए । उनले भने,दुर्घटनाको कारण न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउने अभियान थालिएको छ । ट्राफिक नियमको पालना गराउने र सडक सुरक्षासम्बन्धी सचेतना बढाउने अझ आवश्यकता रहेको प्हरी नायब उपरिक्षक मल्लको। भनाय थियो ।
त्यसैगरी,जिल्ला प्रहरी कार्यालय पर्साबाट सार्वजनिक गरिएको विवरणअनुसार असोज महिनाको अवधिमा अवैध हातहतियार तर्फ ५ थान हातहतियार तथा ६ थान गोलीगठ्ठा बरामद गरेको सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तर्फ चलाएको अभियानबाट मूल्य ५७ हजार ४४० रुपैयाँ बराबरको समान बरामद गरिएको उल्लेख छ । भन्सार छलीका क्रममा बरामद गरिएका ठुला मात्रामा राजश्वछलीका सामान बरामद गरिए पनि मानिस पक्राउ शून्य रहेको छ ।
समग्रमा, पर्सामा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा अवैध हातहतियार नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ । सडक सुरक्षामा चालक, सवारीधनी र यात्रु सबै जिम्मेवार बन्नु आवश्यक छ ।