• २०८३ जेष्ठ २१ गते बिहिवार

काँग्रेस नेता कृष्णप्रसाद सिटौला संकटमा

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौँ। नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ । अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारी अस्वीकार गर्दै सभापतिका प्रत्यासी बनेका सिटौलाको १४ औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्नेमा स्पस्ट भइसकेको छैन । आफू निकट नेताहरु सभापति शेरबहादुर देउवा र इत्तर समूहमा विभाजित भएपछि सिटौलामा संकटमा परेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस