• २०८३ कार्तिक २६ गते बुधवार

जंगलमा लुकाईराखेका ११ नाल भरुवा बन्दुक बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, दाङ । दाङको बङगलाचुली गाउँपालिका –०८ स्थित घोरलभिर (पिपली जंगल) बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार बिहान उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद समेत गरी थप अनुसन्धान समेत भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस