• २०८२ साउन ३ गते शुक्रवार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६, काठमाडौँ । आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे ।

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गरेकी थिइन् । भण्डारी गत सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस