असार ८, काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् । भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।