जेठ ८, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ९३ हजार ७ मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५११५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।