जेठ ८, काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोली र घरेलु टोलीबीचको दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल आज रहेको छ । मलेसियाको बायोमास ओभलमा घरेलु टोलीसँग खेल नेपाली समय अनुसार बिहान ८ः१५ बाट सुरु हुनेछ । एसियन गेम्स छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग तयारी स्वरुप २ खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खला खेलिरहेको हो ।

बुधबार भएको पहिलो ट्वान्टी २० खेलमा नेपालले २ विकेटको संघर्षपुर्ण जित हासिल गरेको थियो । यस खेलमा पनि जित हासिल गरेर नेपाल शृङ्खलालाई २० ले जित्ने लक्ष्यमा छ ।
अर्को साताबाट सुरु हुने एसियन गेम्स छनोट तथा अर्को महिनाबाट हुने एसिसी प्रिमियर कप खेल्नका लागि नेपाली टोली हाल मलेसियामा रहेको छ ।