• २०८३ बैशाख ९ गते बुधवार

ट्रम्पले बढाए इरान युद्धको युद्धविरामको अवधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य आक्रमण हालका लागि स्थगित गर्दै युद्धविराम अवधि थप गर्ने निर्णय गरेका छन् । ट्रम्पले पाकिस्तानका सेना प्रमुख र प्रधानमन्त्रीको अनुरोधमा इरानलाई आफ्नो एकीकृत प्रस्ताव तयार पार्न समय दिन यस्तो कदम चालिएको बताएका छन् ।

उनले इरानको वर्तमान सरकार आन्तरिक रूपमा विभाजित अवस्थामा रहेको उल्लेख गर्दै त्यहाँका नेतृत्वलाई सहमति प्रस्ताव ल्याउने अवसर दिन आक्रमण रोकिएको स्पष्ट पारे । ट्रम्पका अनुसार अमेरिकी सेनालाई इरानमाथि नाकाबन्दी जारी राख्न र सबै परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसले सैन्य दबाब कायम रहने तर तत्काल प्रत्यक्ष कारबाही नगर्ने संकेत दिएको छ ।

उनले इरानबाट औपचारिक प्रस्ताव नआएसम्म युद्धविराम जारी रहने र त्यसपछि मात्र आगामी कदमबारे निर्णय लिइने बताएका छन् ।

यसैबीच इरानले भने युद्धविरामको समय बढाउने विषय इरानसँग सम्बन्धित नभएको कडा प्रतिक्रिया दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस