• २०८३ बैशाख ८ गते मङ्गलवार

कतारमा हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका क्रममा हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला पारिएको हो ।

अहिलेसम्म एक जना व्यक्ति भने बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । यसअघि उक्त हेलिकोप्टर प्राविधिक खराबीका कारण दुर्घटनामा परेको जानकारी मन्त्रालयले दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस