• २०८३ जेष्ठ ६ गते बुधवार

न्यूजील्याण्डविरुद्धको टी-२० खेलमा दक्षिण अफ्रिका विजयी, सिरिज २-२ ले बराबर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । दक्षिण अफ्रीकाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा कमब्याक गर्दै बराबरी गरेको छ । आइतबार वेलिंगटनमा सम्पन्न सिरिजको चौथो खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई १९ रनले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १८.५ ओभरमा अल आउट हुदै १४५ रन मात्र बनाएको थियो । यसअघि पहिला टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यो जितपछि सिरिज २-२ को बराबर भएको छ र अब सिरिजको अन्तिम खेल बुधबार हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस