फागुन १०, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर चितुवालाई उद्धार गरेको हो ।

चितुवाको आक्रमणबाट घरका तीन जना घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो ।
घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको थियो ।