• २०८३ बैशाख ६ गते आइतवार

मनमैजुमा घरभित्र चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो ।

घाइते तीनै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको छ । अहिले डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

https://www.facebook.com/share/v/1B69TBJch6/

Sharing

प्रतिक्रिया दिनुहोस