• २०८३ भाद्र ७ गते आइतवार

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । आज साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँ र राज्यमन्त्रीले मुख्यमन्त्री खगराज भट्टसमक्ष शपथग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले आजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण, ओमविक्रम भाटलाई भौतिक पूर्वाधार विकास र खुसीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुनमन्त्री तथा जानकी कुँवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिसक्नुभएको छ । योसँगै प्रदेश सरकार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस