भदौ ५, काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका एक करोड २२ हजार ७६५ कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर १३.८६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी धौलागिरि लघुवित्तको शेयर ५.२६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको २४ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।