• २०८३ बैशाख १५ गते मङ्गलवार

राजकीय सम्मानका साथ आङरिता शेर्पाको अन्तेष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौँ । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइए आज धार्मिक परम्परा अनुसार राजधानीमा अन्तेष्टि गरिएको हो । बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई हिम चितुवा समेत उपनाम दिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस