भदौ ५, काठमाडौँ । तारकेश्वर नगरपालिका–८ शान्तिटोलमा आज बिहान करिब ६ बजे एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनापछि जितपुर धर्मस्थली प्रहरीका प्रहरी नायव निरीक्षक यमबहादुर थापाको टोली घटनास्थल पुगेको थियो।

त्यसपछि बालाजु प्रहरी वृत्तबाट इन्स्पेक्टरको कमान्डमा मुचुल्का टोली, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका अध्यक्ष तथा टोल सुधार समितिका प्रतिनिधिहरू घटनास्थल पुगेका थिए।
मुचुल्का उठाई शवलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) पठाइएको छ। मृतक पुरुष अन्दाजी २५ वर्षको देखिए पनि हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।