• २०८३ भाद्र ५ गते शुक्रवार

भूतनाथ मन्दिरमा चोरी गरी भाग्ने क्रममा भारतीय युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, जनकपुर । जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ । गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मन्दिरमा रहेको चाँदीको नागदेवता, चाँदीको एउटा ठूलो मुकुट र चारवटा सानो मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीको टोलीले भारतको मोतिहारी जिल्ला विहार इनर्वा फुलवार थाना लखौरा वडा नं. ७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेको भारतीय नागरिक रहमानलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस