• २०८३ जेष्ठ ७ गते बिहिवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ७, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप, रामेछाप नगरपालिका-८ घर भएका ३३ वर्षीय रमेश कुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका-१० बस्ने गोरखा घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, काठमाडौं महानगरपालिका-२६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरूङ, गोरखा घर भएका २४ वर्षीय सौगात गुरूङ, ललितपुर गोदावरी नगरपालिका-२२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम र भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रूपैयाँ, सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई काठमाडौं महानगरपालिका-१० बाट र शान्तीलाई काठमाडौं महानगरपालिका-३० बाट तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका-२६ बाट र सुर्यलाई ललितपुर गोदावरी नगरपालिका-२२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस