• २०८३ जेष्ठ ७ गते बिहिवार

नेप्से १२.३६ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३५८ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १४.९५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १७ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १५ करोड कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस