वैशाख ८, काठमाडौं । नेपालले युएईविरुद्धको टी-२० खेलमा टस जितेको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

यस खेलमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, आरिफ सेख, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, हेमन्त धामी, सहाब आलम खेल्दैछन् ।
सिरिजको पहिलो खेल युएईले जितेर सिरिजमा १-० ले अगाडी रहेको छ ।