• २०८३ बैशाख ८ गते मङ्गलवार

सुनचाँदीको मुल्य आज कति छ ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५१९० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस