चैत ७, काठमाडौं । विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।

दाङको लमही नगरपालिका–४ शान्तिनगरबाट २० वर्षीय गुलाम हुसेनलाई ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८६० मिलिग्राम पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।
मोरङको विराटनगर बसपार्कबाट भारत बिहारका २५ वर्षीय बिपुल वर्मालाई खैरो हेरोइन जस्तो देखिने १ सय ग्राम पदार्थसहित नियन्त्रणमा लिइएको छ ।
सुनसरीको धरानबाट २२ वर्षीय आयुष गुरुङलाई ट्रामाडोल ३ सय र डिकोलिक ३ सय ट्याब्लेटसहित पक्राउ गरिएको छ भने तनहुँको शुक्लागण्डकीबाट ३१ वर्षीय सागर गुरुङलाई डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनका ७–७ एम्पुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाममा २० वर्षीय बिबेक लिम्बुसहित ४ जनालाई ब्राउनसुगर जस्तो देखिने २८० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको छ । यस्तै, चितवनको खैरहनीबाट २४ वर्षीय करन मर्दनियालाई ट्रामाडोल ३२२ र एनारगन ३३० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।