• २०८३ बैशाख ११ गते शुक्रवार

कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, बुटवल । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादपछि दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिकाका पूर्वतर्फ बर्गदी पुल, पश्चिमतर्फ बहादुरगंज चोक, उत्तरतर्फ  महाराजगंज बजार र दक्षिणतर्फ हर्दौनामा निषेधाज्ञा जारी गरिएको छ ।

 प्रशासनले यी क्षेत्रमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिएको छ । साथै आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने उल्लेख छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस