• २०८३ भाद्र ५ गते शुक्रवार

नेपालले विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागिता जनाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौँ । दक्षिण कोरियामा अगस्ट २२ तारिखदेखि हुने ११औँ विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । प्रतियोगिताको पुरुष ८०-८४ किलो तौल समूहमा दीपक छन्त्याल तथा महिला ४८-५२ किलो तौल समूहमा मेग्मा गुरुङले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, कार्यकारी समितिका सदस्य पवन शाही र नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस