• २०८३ भाद्र ४ गते बिहिवार

परराष्ट्रमन्त्री खनालसँग साउदी अरबका राजदूत मनिखरको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४,काठमाडौँ ।   परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल-साउदी अरब द्विपक्षीय सम्बन्ध, श्रम आवागमन, आर्थिक सहकार्य तथा साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा साउदी अरबमा रहेका तथा कार्यरत नेपाली नागरिकको हित, कल्याण र उनीहरूलाई उपलब्ध गराइने कन्सुलर सेवासम्बन्धी विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ । यसैगरी भेटवार्तामा पश्चिम एसियामा भइरहेका पछिल्ला घटनाक्रमबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस