• २०८३ बैशाख २१ गते सोमवार

रौतहटमा टिपरको ठक्करबाट एक पैदलयात्री घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा टिपरको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएकी छिन् ।
आज दिउँसो अन्दाजी २ः२० बजेको समयमा माधवनारायण न.पा. ७ फूलवरीया टोलस्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको म. प्र.०३–००१ क. २८२५ नम्बरको टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट सोही स्थान बस्ने ३० वर्षीया ईन्द्रकला कुमारी घाइते भएकी छिन् ।

घाइते ईन्द्रकलाको तत्काल बागमति हस्पिटल, गंगापिपरामा प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालक रौतहटको वृन्दावन न.पा. ९ भुषहा बस्ने २७ वर्षीय मजिबुल हक लहेरी रहेका छन् । प्रहरीले चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस