• २०८३ जेष्ठ ४ गते सोमवार

जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । भीम सार्कीले जय ट्रफीमा शतक प्रहार गरेका छन् । त्रिभुवन आर्मीबाट खेलिरहेका भीम सार्कीले १०८ बल खेल्दै नेपाल पुलिस क्लबविरुद्ध शतक पुरा गरेका हुन् ।

जय ट्रफी अन्तर्गत यस खेलमा नेपाल पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८७ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

जवाफमा ब्याटिंग गर्न आएको त्रिभुवन आर्मी क्लबले यो समाचार तयारी गरुन्जेल ४० ओभरमा ९ विकेट गुमाउदै २३४ रन बनाएर इनिंग घोषणा गरेको छ र त्रिभुवन क्लबले ४७ रनको अग्रता हासिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस