• २०८३ बैशाख ११ गते शुक्रवार

मुगुमा ७ जनाको उम्मेदवारी दर्ता

खड्क सुना पढ्न लाग्ने समय : २ मिनेट

माघ ६, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुमा ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा जिल्लाका क्रियाशील ७ वटा राजनीतिक दल एकल चुनाव चिन्ह लिएर मुख्य निर्वाचन कार्यालयमा सहभागी भएर उम्मेदवारी दर्ता गराएका हुन । मुगुमा चुनावको उत्साह देखिएको छ सौहाद्र्धपूर्ण वातावरणमा दलहरूले मनोनयन दर्ता गरेका छन् ।

विहान ११ बजे बाट सुरु भएको उम्मेदवारी दर्तामा नेपाली कांग्रेसबाट खड्क बहादुर शाही , नेकपा एमाले पुर्ण बहादुर रोकाया , नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चन्द्र बहादुर शाही , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भुवन टमटा , नेकपा माओवादी रंगविर परियार , प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा ऐटन मल्ल र राष्ट्यि प्रजातन्त्र पार्टी राप्रपा बल बहादुर मल्ल गरेर ७ जना दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवर बताए । विगतका निर्वाचनमा गठबन्धनको अभ्यास हुँदै आएको यस जिल्लामा यसपालि भने सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

२०७९ सालको निर्वाचनमा तत्कालिन पार्टी नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीचको वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका पार्टी सभापति ऐन बहादुर शाही निर्वाचित भएका थिए । उनले नेकपा एमालेका राजु कार्कीलाई पराजित गरेका थिए ।

पछिल्लो समय मुगुमा निकै प्रतिस्पर्धात्मक र चासोका साथ हेरिएको छ । कर्णाली प्रदेश मन्त्री भईसकेका नेकपाका चन्द्र बहादुर शाही प्रतिनिधिसभा सदस्यको पदमा उम्मेदवारी दिएका छन् । पछिल्लो समय मुगुमा प्रतिनिधिसभाको लागि यहाँका दलहरुले नया अनुहारहरु उभिएका छन् । पहिलो पटक चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु यतिखेर मतदाता रिझाउन अप्ठयारो पर्ने देखिन्छ । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै उम्मेदवारहरुले मुगुको आर्थिक सामाजिक पर्यटन , कृषि विकासका लागि बहुमत दिने बताएका छन् ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा लाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने, सडक , जलविधुत विकासलाई जोड दिने लगायतका कुरामा प्रथामिकता दिईने प्रतिबद्वता गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस