• २०८३ असार ५ गते शुक्रवार

काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौँ- ५ बाट मनोनयन दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले काठमाडौँ- ५ बाट मनोनयन दर्ता गरेका छन् ।

गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पौडेलले दोस्रो पटक यस क्षेत्रबाट मनोनयन दर्ता गरेका हुन् । पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए । उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए । यस पटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बनेका छन् । यस क्षेत्रमा रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस