• २०८३ बैशाख ५ गते शनिवार

तेहरानस्थित शरीफ युनिभर्सिटीमा आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३ , काठमाडौं । तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीमा सोमबार बिहान आक्रमण भएको छ । स्थानीय प्रशासनका अनुसार घटनापछि विश्वविद्यालयमा आक्रमण भएपछि आसपासको क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।

जिल्लाका मेयरले दिएको जानकारीअनुसार आक्रमणको प्रभाव विश्वविद्यालय क्षेत्रसम्म पुगेको छ । सञ्चारमाध्यमका अनुसार सूचना प्रविधि केन्द्रको भवन र विश्वविद्यालयको मस्जिद समेत आक्रमणबाट प्रभावित भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएका तस्बिरहरूमा तेहरानको पश्चिमी क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ, जसले आक्रमणको गम्भीरता संकेत गरेको छ ।

युद्ध सुरु भएयता इरानका विभिन्न विश्वविद्यालयहरू पनि निशानामा परिरहेका छन् । यसअघि तेहरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र शाहिद बेहेश्ती युनिभर्सिटीमा समेत आक्रमण भएको खबर सार्वजनिक भइसकेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा मंगलबारसम्म बढाएका छन् । उनले सो दिन इरानका ऊर्जा केन्द्र र पुलहरूमा आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस