• २०८३ मङ्सिर १ गते सोमवार

जापान एसियाडको उद्घाटनमा नेपालको झण्डा थाप र विष्टले बोक्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमति विष्टले बोक्ने भएका छन्। थापा दुबईमा सम्पन्न आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्ने नेपाली खेलाडी हुन्।

त्यस्तै, विष्ट चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला कबड्डीतर्फ नेपालले ऐतिहासिक कांस्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्। २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा अधिकारीको टोलीले उद्घाटन समारोहको मार्चपास्टमा सहभागिता जनाउनेछ।

एसियाली खेलकुदको उद्घाटन समारोह नेपाली समयअनुसार आज दिउँसो २ः३० बजेबाट सुरु हुने कार्यक्रम छ।

Sharing

प्रतिक्रिया दिनुहोस