• २०८३ असार ११ गते बिहिवार

कांग्रेसको कोइराला पक्षले सर्वोच्चको फैसला स्वीकार गर्ने, देउवा पक्षको भेलामा नजाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सर्वोच्चको फैसलालाई स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निर्णय गरेको छ । कोइराला पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वलाई मान्यता दिँदै अघि बढ्ने निष्कर्ष निकालेको निवर्तमान उपसभापति धनराज गुरूङले जानकारी दिएका छन् ।

अब पार्टी सुधारमा केन्द्रित हुने भन्दै कोइराला पक्ष देउवा पक्षले बोलाएको भेलामा सहभागी नहुने गुरुङले बताएका छन् । देउवा पक्षले आज १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको भेला गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस