• २०८३ बैशाख ६ गते आइतवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ५२२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस