• २०८३ बैशाख २७ गते आइतवार

पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाउन नदिन एन्फालाई निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । अध्यागमन विभाग ले पर्यटकीय भिसामा नेपालमा रहेका विदेशी नागरिकलाई कुनै पनि खेल गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ। विभागले जारी गरेको पत्रमा पर्यटकीय भिसा केवल भ्रमण प्रयोजनका लागि हुने भएकाले त्यसको दुरुपयोग गरी व्यावसायिक वा प्रतिस्पर्धात्मक खेलकुद गतिविधिमा संलग्न हुन नपाइने स्पष्ट उल्लेख गरिएको छ।

पछिल्लो समय विभिन्न प्रतियोगितामा पर्यटकीय भिसामा आएका विदेशी खेलाडीहरू सहभागी भएको गुनासो आएपछि विभागले यस्तो कदम चालेको जनाइएको छ। यसले भिसा नियम उल्लंघन हुने मात्र नभई श्रम तथा कानुनी व्यवस्थामा समेत समस्या सिर्जना गर्ने विभागको भनाइ छ।

अब एन्फाले आफ्ना मातहतका क्लब तथा प्रतियोगिता आयोजकलाई यसबारे जानकारी गराउँदै नियम कडाइका साथ पालना गराउनुपर्नेछ। साथै, आवश्यक परे खेलाडीलाई उपयुक्त भिसा (जस्तै कार्य भिसा) लिएर मात्र सहभागी गराउनुपर्ने व्यवस्था लागू गरिने संकेत गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस