चैत ५, काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५४ सयले घटेर तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५१५० मा कारोबार भएको थियो ।