• २०८३ जेष्ठ १ गते शुक्रवार

युवाहरुलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘सामाजिक काम गर्नेलाई सघाउँछु’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ७, काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी तथा क्षेत्र नम्बर ५ ले महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको बताए ।

‘राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ । समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ । युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ । तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन रहने छ’, उनले भने । अस्पतालहरुमा रगत अभाव भएका बेला रगत संकलन गरिएकाले यसको खास महत्त्व रहेको पोखरेलको भनाइ थियो । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन युवाहरुलाई आग्रह गरे ।

No description available.

कार्यक्रममा १ ०३ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए । संगठनले क्षेत्र नम्बर ५ मा पहिलोपल्ट गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिइने संघ, काठमाडौं क्षेत्र नम्बर ५ का अध्यक्ष कृष्ण तामा ङ्गले बताए ।

No description available.

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ५ क का सांसद नारायण सिलवाल, काठमाडाैं जिल्ला कमिटी अध्यक्ष तथा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौला, महानगर अध्यक्ष निर्मल देउला, राष्ट्रिय युवा संघ नेपाल आयोजक कमिटी सदस्य पेम्बा घले, काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, आयोजक कमिटी सदस्यहरु ललेन्द्र राई, प्रेम दाहाल लगायतकाे उपस्थित थिए । काठमाडौं क्षेत्र नम्बर ५ का जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरु पनि थिए ।

 

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस