• २०८३ असार ४ गते बिहिवार

पैदल यात्रीमाथि हातपात गरेको घटनामा एआई सिर्जित भ्रामक सामग्री प्रसारित नगर्न प्रहरीको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । काठमाडौँको नारायणगोपाल चोक स्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात तथा दुर्व्यवहार गरेको विषयमा सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो, अन्य सूचना तथा एआई (कृत्रिम बुद्धिमत्ता)बाट सिर्जित श्रव्यदृश्य सामग्रीहरू प्रसारित भएको विषय प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सो घटनाका आरोपी एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र पक्राउ परेका व्यक्तिमाथि कसूर अनुसार कानुनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनापछि सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो, अन्य सूचना तथा एआई (कृत्रिम बुद्धिमत्ता)बाट सिर्जित श्रव्यदृश्य सामग्रीहरू प्रसारित भएको विषय प्रहरीको ध्यानाकर्षणमा आएको जनाएको छ ।

प्रहरीले कानुनबमोजिम अनुसन्धान भइरहेका विषयमा आधारहीन र भ्रामक सामग्री सम्प्रेषण नगर्न सबैलाई सचेत गराएको छ । यस्ता गतिविधि स्वयं पुनः अनुसन्धानको विषय बन्न सक्ने उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सार्वजनिक जवाफदेहिताको पालना गर्न आग्रह गरिएको छ । प्रहरीले सत्यतथ्य पुष्टि नगरी सामग्री साझा नगर्न र कानुनी प्रक्रियामा सहयोग पुर्‍याउन सबै सरोकारवालासँग अपिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस