• २०८३ बैशाख १५ गते मङ्गलवार

देश र मधेशलाई भएको अन्यायको हिसाब लिन्छौं- रवि लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहले देश बनाउने बताएका छन् ।

सोमबार जनकपुरधाममा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सम्बोधन गर्दै लामिछानेले बालेन शाहले देश बनाउछ भन्ने लागेर सहकार्य गरेको बताएका हुन् । बालेनसँगको सहमतिको प्रसंग निकाल्दै लामिछानेले आफुहरु बीच पाँच मिनेटमा नै कुरा मिलेको दाबी गरेका छन् । उनले अहिलेसम्म देश र मधेशलाई भएको अन्याय भएको भन्दै अब त्यसको हिसाब लिने बताए ।

उनले रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी गर्दै पुराना दलहरुप्रति कुनै प्रतिशोध नसाध्ने बताए । उनले प्रतिशोध नासाधेपनि अहिलेसम्म देश लुटेको हिसाब भने गर्ने चेतावनी दिए । कार्यक्रममा बालेन शाहले मैथिली भाषामा सम्बोधन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस