• २०८३ बैशाख ७ गते सोमवार

अमेरिकासँग तनाव बढिरहेका बेला क्युबाले गर्यो युद्ध तयारीको समीक्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । संयुक्त राज्य अमेरिकासँग बढ्दो तनावका बीच क्युबाले आफ्नो युद्ध तयारीको समीक्षा गरेको छ । राज्य सञ्चारमाध्यमका अनुसार, युद्ध जस्तो अवस्थामा अपनाइने योजना र उपायहरूबारे छलफल गर्न देशको राष्ट्रिय रक्षा समितिको बैठक बसेर समीक्षा गरेको हो । यो बैठक यस्तो समयमा भएको हो जब जनवरी २ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले हिरासतमा लिएपछि अमेरिका-क्युबा सम्बन्धमा तनाव उल्लेखनीय रूपमा बढेको छ ।

क्युबाको राष्ट्रिय रक्षा समिति युद्ध वा प्राकृतिक प्रकोपको अवस्थामा सम्पूर्ण देशको कमान्ड लिने जिम्मेवारी राख्छ । सरकारी विज्ञप्ति अनुसार, बैठकको उद्देश्य नेतृत्व र प्रशासनिक उपकरणको तयारी र समन्वयलाई बलियो बनाउनु थियो। बैठकले अर्को देशसँग द्वन्द्वको अवस्थामा क्युबा कसरी ‘युद्धको अवस्थामा’ जान्छ भन्ने विश्लेषण गरेको बताइएको छ । मादुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई निरन्तर धम्की दिदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस