• २०८३ भाद्र २ गते मङ्गलवार

सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह छ : सांसद बयक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौँ ।   नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भयावह बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बयकले हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय भएको बताए ।

‘सवारी र सडक दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या कहालीलाग्दो छ । हरेक वर्ष यो सङ्ख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय हो,’उनले भने, ‘नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ मा सडक दुर्घटनामा परि कुल २ हजार ६०७ ज्यान गुमाएका छन् ।’

उनका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ मा सडक दुर्घटनामा परी २ हजार ६०७ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनाबाट दैनिक औसतमा मानिसको मृत्यु हुने अवस्था रहेको बताए ।

सांसद बयकले साँघुरा सडक तथा कमजोर पूर्वाधार, चालकको लापरबाही, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाका प्रमुख कारण रहेको बताए ।

पछिल्लो समय सवारी साधन चलाउँदा चालकले मोबाइल फोन प्रयोग गर्नु पनि दुर्घटनाको मुख्य कारण बन्दै गएको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस