• २०८३ जेष्ठ २८ गते बिहिवार

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक बन्दसूची (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज सार्वजनिक गरी आयोगको वेबसाइट राखेको हो ।

सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस