असार ३, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले खान समेत नपाएको विषय बाहिर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीकै निर्देशनमा हटाइएका सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा खाने व्यवस्था समेत नगरेको र उनीहरु अहिले आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने आफुहरुको माग यथावत रहेको बताउदै संसदमा आएर सो भनाई सच्याउनु पर्ने दोहोराएका छन् ।