• २०८३ जेष्ठ ३ गते आइतवार

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३, काठमाडौं । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा राष्ट्रिय सडक सुरक्षा परिषद् र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रमको समापन नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपाल प्रसाद सिग्देल को प्रमुख आतिथ्यमा गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, रोटरी इन्टरनेशनल सडक सुरक्षा समितिका अध्यक्ष नुगल वैद्य तथा एनएआइएमए नेपालका कार्यकारी निर्देशक राज कुमार दुलाल लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी विभिन्न संघसंस्था, सुरक्षा निकाय, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । बबरमहलबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला, नयाँ बाटो र भद्रकाली हुँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर समापन गरिएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि सिग्देलसहित प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राखेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस