• २०८३ बैशाख ४ गते शुक्रवार

अर्थ समितिको सभापतिमा सांसद बुढाथोकी निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।

शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।

उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस