• २०८३ बैशाख ४ गते शुक्रवार

त्रिभुवन आर्मी क्लबले जित्यो पीएम कपको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । पीएम कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य पछाएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ र तृत राज दासले ३१ रन बनाएका थिए । सुदूरपश्चिमका बलर हेमन्त धामीले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि अशोक धामीले ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शहाब आलमले ३-३ विकेट लिएका थिए भने बसिर अहमदले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए ।

योसँगै आर्मीले तेस्रो पटक पीएम कपको उपाधि जितेको छ । उपाधि जिते वापत आर्मीले १० लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख पुरस्कार पाएको छ ।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने एपीएफ क्लबले २ पटक जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस