• २०८३ बैशाख ४ गते शुक्रवार

काँग्रेस संसदीय दलको नेता चयन गर्न छलफल हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरूको बैठक बस्दैछ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरूसँग छलफल गर्न लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिएका छन् ।

उनका अनुसार बैठक दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निस्कल राईलगायत आकांक्षी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस